बाढीपीडितको राहतका लागि केभिडी ग्रुपद्वारा साढे २७ लाख सहयोग

काठमाडौँ । बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केभिडी ग्रुपले २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिसहितको केभिडी ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

ग्रुपका अध्यक्ष सुना सुवेदीका अनुसार विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाउँदै ग्रुपले राहत तथा उद्धार कार्यप्रति ऐक्यबद्धता जनाएको छ। साथै, उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकको पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *