दाना उद्योगीले बाढीपीडितका लागि दिए ३ करोड १७ लाख
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल दाना उद्योग संघले ३ करोड १७ लाख ८४ हजार ७०१ रुपैयाँ सहयोग गरेको छ।
संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी त्यसको विवरण अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
संघका अध्यक्ष उमेशचन्द्र सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेलाई भेटेर संघमा आबद्ध २६ सदस्य उद्योगबाट सङ्कलित सहयोग रकमको विवरणसहितको पत्र बुझाएको जनाएको छ।
बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सदस्य उद्योगबाट रकम सङ्कलन गरिएको संघले जनाएको छ।

प्रतिक्रिया
