बाढीपीडितको राहतका लागि सिद्धार्थ पेलेट फिडद्वारा ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपालको अग्रणी दाना उद्योग सिद्धार्थ पेलेट फिड प्रालिले आर्थिक सहयोग गरेको छ।

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष तथा उद्योगका निर्देशक रबिन पुरीका अनुसार बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको हो।

उद्योगले ‘मानवता नै हाम्रो धर्म’ भन्ने भावनाका साथ विपद्को यस कठिन परिस्थितिमा राज्यको राहत अभियानमा हातेमालो गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *