एफएनसीसीआईको स्वास्थ्य विज्ञान समिति उपसभापतिमा रितेश रिमाल मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा नेपाल पशु पन्छी औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल मनोनीत हुनुभएको छ।

एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित मनोनयन पत्रअनुसार कार्यकारिणी समिति सदस्य विप्लव अधिकारीको सभापतित्वमा गठित स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा रिमाललाई मनोनीत गरिएको हो।

स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित विषयमा निजी क्षेत्रको भूमिका, नीतिगत सुधार तथा व्यवसायिक वातावरणका विषयमा समितिले आवश्यक छलफल र पहल गर्नेछ। समितिमार्फत महासंघको नीति, उद्देश्य तथा कार्यक्रमअनुसार स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित गतिविधिमा सक्रिय सहभागिता जनाउँदै रिमालले आफ्नो अनुभव र विज्ञतामार्फत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पशु पन्छी औषधि व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय रिमालले स्वास्थ्य विज्ञान समितिको उपसभापतिको जिम्मेवारी पाएसँगै पशु स्वास्थ्य तथा औषधि व्यवसायसँग सम्बन्धित विषयलाई समेत निजी क्षेत्रको नीतिगत बहसमा थप प्रभावकारी रूपमा उठाउने अवसर प्राप्त भएको छ।

समितिको सभापतिमा एफएनसीसीआईका कार्यकारिणी समिति सदस्य विप्लव अधिकारी रहनुभएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *