पशुपन्छी औषधी व्यवसायी दासको निधनप्रति संघको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल पशुपन्छी औषधी व्यवसायी संघका पूर्व सदस्य एवं प्रदेश नं. २ का वर्तमान अध्यक्ष रामकृष्ण लाल दासको निधनप्रति नेपाल पशुपन्छी औषधी व्यवसायी संघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमले दासको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
त्यस्तै, संघको प्रदेश नं. २ कार्यालयले समेत विज्ञप्ती जारी गरी दासको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघको प्रदेश नं. २ कार्यसमिति सचिव दिनेश मैनालीले विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
त्यसैगरी संघको सगरमाथा कार्यासमिति सप्तरीले पनि विज्ञप्ती जारी गरी व्यवसायी दासको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट ७२ वर्षीय अध्यक्ष दासको बिहीबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो ।
दासले राजविराजमा खादविज भण्डार सञ्चालन गर्दै आएका थिए ।