नक्कली पशु औषधिप्रति सतर्क रहन कान्तिपुर भेट डिस्ट्रिब्युटर्सको आग्रह

काठमाडौं। बजारमा पशु औषधिको नक्कली प्याकिङ गरी अनाधिकृत बिक्री-वितरण भइरहेको पाइएपछि कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि.ले सम्पूर्ण विक्रेता तथा सरोकारवालाहरूलाई सतर्क रहन आग्रह गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै आफूले आधिकारिक वितरकका रूपमा आयात तथा बिक्री-वितरण गर्दै आएका केही औषधिहरूको नक्कली रूप बजारमा भेटिएको जानकारी दिएको हो।

सूचना अनुसार बुल्गेरियाको ‘बायोभेट जोइन्ट स्टक कम्पनी’ द्वारा उत्पादित भेटमुलिन ८०% (Vetmulin 80% – औषधि व्यवस्था विभाग दर्ता नं. ३७८०४१९१००८३१) र भेन्केश्वरा ह्याचारिजको भेनकासिन २५% (Venkacin 25%) को नक्कली प्याकिङ गरी बिक्री भइरहेको पाइएको छ।

कम्पनीले उक्त औषधिहरू खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिस्ट्रिब्युटर्ससँग भिडान तथा प्रमाणीकरण गरेर मात्र खरिद-बिक्री गर्न अनुरोध गरेको छ। सूचनाको बेवास्ता गरी नक्कली औषधि खरिद वा बिक्री गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जोखिम र जिम्मेवारी सम्बन्धित खरिदकर्ता वा विक्रेता स्वयम्‌ले वहन गर्नुपर्ने चेतावनी दिइएको छ।

साथै, यस्ता अनाधिकृत तथा गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाको पहिचान गरी यथाशीघ्र सम्बन्धित निकायमा जानकारी गराई कारबाही प्रक्रिया अघि बढाइने समेत कम्पनीले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *