पशुपन्छी औषधि व्यवसायी परीक्षाको नतिजा सार्वजनिक, १४४ जना उत्तीर्ण
काठमाडौं । औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विभागले २०८३ असार ३१ गते प्रकाशित सूचनामार्फत सञ्चालन गरिएको लिखित परीक्षामा सहभागी परीक्षार्थीमध्ये १४४ जना उत्तीर्ण भएको जनाएको छ। प्राप्त विवरणअनुसार परीक्षामा कुल २८४ जनाले आवेदन/सहभागिताको व्यवस्था रहेकामा २५ जना अनुपस्थित भएका थिए।
विभागका अनुसार २०८३ असार १३ गते सञ्चालन गरिएको पशुपन्छी औषधि व्यवसायी तालिम लिएका व्यक्तिहरूको व्यवसायी मान्यता प्रमाणपत्रका लागि लिइएको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको रोल नम्बर (सिम्बोल नम्बर) सार्वजनिक गरिएको हो।
सूचनामा उत्तीर्ण भएका परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिबाट ४५ दिनभित्र सक्कल नागरिकता तथा शैक्षिक प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि (Notarized Copy) विभागमा पेस गरी व्यवसायी मान्यता प्रमाणपत्र लिनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, कुनै परीक्षार्थीले झुटा विवरण वा कागजात पेस गरेको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै समयमा पनि रद्द गरिने विभागले चेतावनी दिएको छ।
उक्त सूचना औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्य को हस्ताक्षरसहित प्रकाशित गरिएको छ।
