भेटेरिनरी काउन्सिलका रजिष्ट्रार र एशोसिएशनका अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं । नेपाल भेटेरिनरी काउन्सिलका रजिष्ट्रार डा. नारायण घिमिरे र नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको लैनचौरस्थित भारतीय राजदूताबास अगाडि सीमा अतिक्रमणको विरोध गर्दै प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पशु कल्याणकर्मीरु स्नेहाज केयर सेन्टरकी सञ्चालक स्नेहा श्रेष्ठ र एसपिसीए नेपालका अध्यक्ष विकास श्रेष्ठ ,कपिल काफ्ले र मनोज श्रेष्ठ रहेका छ ।

उनीहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा लगेको छ ।

आफूहरुले कुनै संस्थागत नभइ स्वतःस्फूत रुपमा प्रदर्शनमा उत्रिँदा प्रहरीले पक्राउ गरेकोमा उनिहरुले विरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *