वस्तुगततर्फको कार्यकारिणी सदस्यमा पुरी निर्वाचित
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट पोल्ट्री क्षेत्रका व्यवसायी रविन पुरी वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन्।
नेपाल दाना उद्योग संघ का निवर्तमान अध्यक्षसमेत रहेका पुरी दाना उद्योग तथा पोल्ट्री व्यवसायमा लामो समयदेखि सक्रिय छन्। उनले उत्पादन लागत वृद्धि, कच्चा पदार्थको आपूर्ति व्यवस्थापन, अवैध आयात नियन्त्रण तथा किसान–मैत्री नीति निर्माणका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।
प्रतिक्रिया
