पशु चिकित्सा परिषदको उपाध्यक्षमा डा. रेवन्त कुमार भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौं। नेपाल पशु चिकित्सा परिषदको आसन्न निर्वाचनमा डा. रेवन्त कुमार भट्टराईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। PhD र M.V.Sc. (Microbiology) सम्मको अध्ययन पूरा गरेका डा. भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गर्दै परिषद्को शैक्षिक उत्कृष्टता, गुणस्तरीय पशु सेवा, र पेशागत मर्यादाको प्रवर्द्धनका लागि आफू कटिबद्ध रहेको बताए।

उनले भने, “परिषद्को समग्र संगठनात्मक सुधार, गुणस्तरीय पशु चिकित्सा सेवाको विकास र शैक्षिक कार्यक्रमलाई थप सुदृढ गर्न म सक्रिय रहनेछु। परिषद्लाई नयाँ उचाइमा पुर्‍याउन मेरो नेतृत्व महत्त्वपूर्ण हुनेछ।”

डा. भट्टराईको उम्मेदवारीले परिषद्को नेतृत्वलाई थप प्रतिस्पर्धात्मक बनाएको छ। उनी विभिन्न संस्थामा लामो समयदेखि आवद्ध छन् र उनले पशु चिकित्सा क्षेत्रको नीति निर्माण र गुणस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गरेका छन्।

माघ ५ गते हुने निर्वाचनले आगामी चार वर्षका लागि परिषद्को नयाँ नेतृत्व चयन गर्नेछ। निर्वाचन समितिले २०४९ जना मतदाताको नामावली सार्वजनिक गरिसकेको छ।

नेपाल पशु चिकित्सा परिषद् निर्वाचनमा उम्मेदवारी घोषणाले निर्वाचनलाई थप रोचक बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *