पशु सेवा विभागका उपसचिव शर्मा सहित तिन कर्मचारी निलम्बनमा
काठमाडौं । पशु सेवा विभागकी उपसचिव डा.पूजा शर्मा निलम्बनमा परेकी छिन् ।पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहर भवनका तत्कालिन कार्यक्रम निर्देशक डा.बलराम थापा सिहत अन्य ७ जनाविरुद्ध भ्रष्टाचार गरेकाे भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले निर्देशक डा.थापा सहित सोही कार्यालयका लेखा अधिकृत रामप्रसाद बजगाईँ, वरिष्ठ पशु चिकित्सक डा.पूजा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्थाका अध्यक्ष गणेशकुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा, कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक रोशन भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका ५ जिरीखिम्ती माझ गाउँमा पशु हाटबजार निर्माण गर्दा प्राप्त अनुदानमा अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । पशु सेवा विभाग, पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट आर्थिक वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण गर्दा काम नगरी भुक्तानी लिएकाे देखिएको अख्तियारकाे ठहर छ ।
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं.५ मा आम्फुवा पशुहाटबजार निर्माणमा नापजाँच बिना ४७ लाख घुस लिएर अनुदान दिएको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । निजामती कर्मचारीलाई मुद्दा दायर हुनासाथ निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।
डा.पुजा शर्मा पशु सेवा विभागमा कार्यरत छिन् । अनुदान रकम हिनामिना गरेको आरोप लागेका डा.बलराम थापा भने अवैध औषधि सिफारिस गरेको आरोपमा विशेष अदालतमा २०७७ जेठ देखी मुद्दा खेपिरहेका छन् ।
हेर्नुहोस् आरोपको पुणर्पाठ