ठेकेदार र कोरोनाका कारण समयमै मल आएन : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले रासायनिक मल ल्याउने ठेक्का पाएका ठेकेदारका कारण समयमै मलकाे अापूर्ति हुन नसकेकाे उनले बताएका छन् । सुरूमा लकडाउनले मल अायातमा समस्या पारेकाे भए पनि पछि ठेकेदारले सहज रूपमा काम गरेकाे भए मल समयमै अाउने सम्भावना भने भएकाे उनले बताए ।
समैभन्दा कम मूल्यमा मल ल्याउने प्रस्ताव गर्नेसँग नै खरिद सम्झाैता गर्ने पर्ने कानुनी व्यवस्था अनुसार पहिलाे पटक नेपाली ठेकेदारले मल ल्याउने ठेक्का पाएकाे उनले बताए । खास गरी ठेक्का शारदा प्रसाद अधिकारी र हुमनाथ काेइरालाकाे कम्पनीले पाएकाे थियाे ।
‘मल ल्याउने टेन्डर पार्नेले समयमै सम्झौता गर्न आएनन्,’ मन्त्री भुसालले भने, ‘पछि सम्झौता गर्न आए तर एलसी खोल्न ढिलो भयो । बैशाखमा मात्रै एलसी खोल्नु भयो । कृषि सामग्री संस्थान निरन्तर सम्पर्कमा थियो । छिटो ल्याउनु पर्छ भनिरह्यो । ठेकेदारले ल्याउँछौं भनि नै रह्यो । खारेज गर्न सम्भव थिएन । टेन्डर खोलेर नयाँ प्रक्रियाबाट मल ल्याउँदा यो सिजनलाई मल उपलब्ध गराउन सकिँदैनथ्यो । पानी जहाज चलेनन् । बन्दरगाहहरु बन्द भए । चैत ११ गते कोलकातामा आएको मल असारमा मात्रै ल्याउन सक्यौ । २ महिना कोरोनाले ढिलो गरे पनि ठेकेदारले राम्रोसँग काम गरेको भए मल आउन सक्थ्यो । तर, त्यो नहुँदा मल नपुगेको हो । अहिले १० हजार मेट्रिक टन आइसक्यो । २० हजार मेट्रिक टन आउने क्रममा छ । बंगलादेशबाट पनि ल्याउने तयारी भइसकेको छ । २० गतेसम्म मल ल्याउने कुरा भएको छ । ल्याएनन् भने कारवाहीमा जाने छौं ।’
मल ल्याउने ठेक्का पाएका शारदा प्रसाद अधिकारी पुष्पकमल दाहाल प्रचण्डका घरभेटी समेत हुन् । पहुँचका कारण ठेकेदारले काम नगरेको समेत प्रचार हुँदै आएको छ ।
तर, ठेक्का भने पहुँचका अाधारमा नभइ कम मूल्य प्रस्ताव गर्नेले पाउने प्रावधानअनुसार नै उनीहरूले पाएकाे मन्त्री भुसालले बताए । भदाै २० गतेसम्म मल ल्याइसक्नु पर्ने सम्झाैताकाे प्रावधान छ,’ उनले भने, ‘त्यसपछि नअाए कानुन अनुसार कारवाही हुने छ ।’
काेलकातामा झरेकाे मल अाइसक्ने हुँदा अबको १० दिनभित्रमा मलको आपूर्ति सहज हुने उनले बताएका छन् । २ देखि ३ दिनमा रेलमा मल ल्याउने गरिएको उनले बताए ।