कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा सार्वजनिक गरेको हो ।

विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविर सिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भन्नुभयो ।

यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशुचिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रा. डा. सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् भन्नुभयो ।

यस्तै, वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीनवटै सङ्कायमा स्नातक तहमा चार हजार ४०८ जना, स्नातकोत्तर तहमा एक हजार ४२६ जना र विद्यावारिधि तहमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांश स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा सोही विश्वविद्यालयका विद्यार्थी रहेका छन् भने केही विद्यार्थी बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *