कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा १३ जनाको आवेदन स्वीकृत (सूचीसहित)
काठमाडौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति (भीसी) पदका लागि १३ जना आवेदकहरूको दरखास्त स्वीकृत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठित उपकुलपति सिफारिस समितिको २०८३ जेठ १३ गते बसेको बैठकले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उक्त निर्णय गरेको हो।
मन्त्रालयका अनुसार देशभरका ९ वटा विश्वविद्यालयका लागि कुल २१८ वटा आवेदन प्राप्त भएकोमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि योग्य ठहरिएका १३ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो।
स्वीकृत सूचीमा परेका उम्मेदवारहरू:
लाल प्रसाद अम्गाई — बारपाक सुलिकोट–७, गोरखा
अर्जुन कुमार श्रेष्ठ — भरतपुर–९, चितवन
कल्याणी मिश्र त्रिपाठी — सुन्दरबजार–७, लमजुङ
पुष्कर बहादुर पाल — धाप–७, दार्चुला
होम बहादुर बस्नेत — ललितपुर
कृष्ण देव जोशी — दोगडा केदार गाउँपालिका–३, बैतडी
श्रीभगवान ठाकुर — गौर नगरपालिका–९, रौतहट
कालिका बहादुर अधिकारी — पालुङटार नगरपालिका–४, गोरखा
ऋषि राम कट्टेल — राईनास नगरपालिका–३, लमजुङ
विमल कुमार लाल कर्ण — नगराइन नगरपालिका–५, धनुषा
विष्णु विलास अधिकारी — भरतपुर महानगरपालिका–११, चितवन
बलराम कुमार भट्ट — हेटौँडा–४, मकवानपुर
मु. बै. नन्द प्रसाद श्रेष्ठ — स्वामी भञ्ज्याङ–४, लमजुङ
मन्त्रालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा पनि एकैसाथ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।
नयाँ कार्यविधिअनुसार स्वीकृत उम्मेदवारहरूले शैक्षिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। त्यसपछि सिफारिस समितिले उत्कृष्ट तीन जनाको नाम सम्बन्धित विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा उपकुलपतिको अन्तिम नियुक्ति हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
