नेपाल भेटेरिनरी एसोसिएसनद्वारा सुकुम्बासी बस्तीमा पशु उद्धार तथा उपचार अभियान

काठमाडौं। नेपाल भेटेरिनरी एसोसिएसनले सुकुम्बासी बस्तीमा रहेका पशुहरूको उद्धार तथा उपचार अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत आज काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा पुगेको चिकित्सक टोलीले घाइते तथा बिरामी कुकुर र बिरालोलाई प्राथमिक उपचार प्रदान गरेको छ। एसोसिएसनका  अध्यक्ष डा. केदार सुबेदीको नेतृत्वमा खटिएको टोलीले बस्तीमै पुगेर उपचार सेवा दिएको हो।

उद्धार तथा उपचार कार्यक्रममा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष डा. मनोज कुमार शाही, एसोसिएसनका सचिव डा. विशाल पोखरेलसहित वरिष्ठ पशु चिकित्सकहरू डा. हरि दाहाल, डा.आभास पौडेल, डा. कमलेश्वर भाट र डा. विकास बोहरालगायतको सहभागिता रहेको थियो।

एसोसिएसनका अनुसार अभियानअन्तर्गत घाइते तथा रोगग्रस्त पशुहरूलाई तत्काल उपचार उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *