औषधि मूल्य विवादपछि विभाग नेतृत्व फेरियो, खड्गीलाई जिम्मेवारी
काठमाडौं । औषधिको मूल्य निर्धारण प्रक्रियामाथि प्रश्न उठेपछि औषधि व्यवस्था विभागमा नेतृत्व परिवर्तन गरिएको छ। सरकारले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत खड्गीलाई उक्त जिम्मेवारी दिएकी हुन्। यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई चैत २६ गते मन्त्रालय तानिएको थियो।
ढकालमाथि औषधिको मूल्य निर्धारणमा कानुनविपरीत काम गरेको आरोप लागेपछि नेतृत्व हेरफेर गरिएको हो।
प्रतिक्रिया
