एनभीएमए वीरगञ्ज शाखाको अध्यक्षमा अनिल कुमार पटेल निर्वाचित

काठमाडौं। नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ (एनभीएमए) वीरगञ्ज शाखाको चौथो अधिवेशन तथा आठौँ वार्षिक साधारण सम्पन्न भएको छ। शनिवार बाराको परवानीपुरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

शाखाका अध्यक्ष अनिल कुमार पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा एनभीएमएका संस्थापक अध्यक्ष तुलसी भण्डारीले गर्नुभएको थियो। भण्डारीले पशुपन्छी औषधि क्षेत्रको व्यवसायीकरण, गुणस्तरीय औषधि आपूर्ति तथा बजार प्रतिनिधिहरूको हक–हित संरक्षणमा संघले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख डा. राकेश मोहन सिंह तथा अतिथिमा नार्क परवानीपुरका संयोजक तथा वैज्ञानिक डा. अजित झा, नेपाल भेटेरिनरी एसोसिएसन मधेस प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका प्रमुख डा. राज कुमार साहको उपस्थिति रहेको थियो।
अधिवेशनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारायणी शाखाका सचिव जुक्ति पासवानसहित नारायण गुरुङ, दिनेश मैनाली, पूजय साह, मुनीलाल पण्डित, सोनु जैसवाल, जय किशन साह, अरविन्द सिंह र डा। भरत साहलगायतको सहभागिता रहेको थियो। संघका सचिव शुभ नारायण रौनियारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

अधिवेशनले अनिल कुमार पटेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ भने निवर्तमान अध्यक्षमा अभिमन्यु प्रसाद सिंह रहनुभएको छ। यसैगरी उपाध्यक्षमा शुभ नारायण रौनियार, सचिवमा नवीन कोईराला, कोषाध्यक्षमा सुकेश पटेल र सह–सचिवमा ओम प्रकाश साह निर्वाचित हुनुभएको छ। सदस्यहरूमा राज नारायण मण्डल, मुकुल सिंह, शिव शंकर चौधरी, सुशान्त यादव, शेखर चौधरी र विरेञ्जन यादव चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले संघको संस्थागत सुदृढीकरण, व्यवसायिक मर्यादा तथा सदस्यहरूको हक–हित संरक्षणलाई प्राथमिकतामा राख्दै संघको गरिमा अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *