पशुचिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, २९.५५ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं ।नेपाल पशुचिकित्सा परिषद्ले फागुन २४ गते सञ्चालन गरेको २२ औँ पशुचिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार २९.५५ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।
परिषद्ले आज एक सूचना जारी गर्दै परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको विवरण सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका १५९ जनामध्ये ४७ जना मात्र उत्तीर्ण भएका छन्।
नतिजा हेर्न क्लिक गर्नुहोस्
http://vcn.gov.np/noticefiles/Exam–1741421351.pdf
प्रतिक्रिया