स्नेहा श्रेष्ठ अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८१’ सूचीमा

काठमाडौं अनलाइनखबरले हालै सार्वजनिक गरेको ‘२०८१ सालका ५० प्रभावशाली महिला’ सूचीमा पशु कल्याण क्षेत्रकी अग्रणी अभियन्ता स्नेहा श्रेष्ठ समेटिएकी छन्। श्रेष्ठ स्नेहाज केयरकी संस्थापक एवं  हुन्, जसले नेपालमा पशु अधिकार र कल्याणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकी छन्।

श्रेष्ठ पशु परीक्षणमा प्रतिबन्ध, अवैध वन्यजन्तु व्यापार नियन्त्रण, तथा घरपालुवा र सडकका जनावरहरूको कल्याणका लागि लामो समयदेखि सक्रिय छन्। उनले पशु क्रूरता विरुद्धको अभियानहरू सञ्चालन गर्दै जनचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेकी छिन्।

श्रेष्ठ वर्ल्ड सोसाइटी फर द प्रोटेक्शन अफ एनिमल्स (WSPA) को निर्देशक बोर्डको सदस्य हुन्। साथै, उनले संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) र विश्व स्वास्थ्य संगठन (WHO) को सल्लाहकारको रूपमा समेत काम गरिसकेकी छिन्।

उनको योगदानलाई कदर गर्दै ह्युमन सोसाइटी इन्टरनेशनलले ‘एनिमल हिरो अवार्ड’ तथा अमेरिकी विदेश विभागले ‘वुमन अफ करेज अवार्ड’ प्रदान गरिसकेको छ।

नेपालमा पशु अधिकारका क्षेत्रमा श्रेष्ठको निरन्तरको संघर्ष र योगदान प्रेरणादायी रहेको छ। अनलाइनखबरको सूचीमा उनको नाम समावेश हुनु, उनको अभियानलाई थप ऊर्जा दिने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *