चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना, १९ वटा खसीबोका मरे

चितवन | चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरेका छन्। दुर्घटना आज बिहान करिब ६:३० बजे पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना–४, लेवाटारमा भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ गइरहेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको हो। ट्रकमा एक सयभन्दा बढी खसीबोका रहेका थिए।
यसअघि आज बिहान ४स्३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २८ जना यात्रु सवार थिए, जसमा २५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया