कान्तिपुर भेटले बाराका विपन्नलाई कपडा र ब्ल्याङ्केट वितरण
काठमाडौं। बारा जिल्लाको क्षेत्र नम्बर १ मा २०० जना विपन्न परिवारलाई न्यानो कपडा र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ। जाडो मौसममा गरिब र विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले आयोजित यो कार्यक्रम संसद अच्युतप्रसाद मैनालीको समन्वयमा सम्पन्न भएको हो। कान्तिपुर भेट डिस्ट्रिब्युटर प्रालिको प्रायोजनमा सहयोग उपलब्ध गराइएको थियो।
कान्तिपुर भेट डिस्ट्रिब्युटरका अध्यक्ष सुना सुबेदी बडाल र संसद अच्युतप्रसाद मैनालीले विपन्न परिवारलाई कपडा र ब्ल्याङ्केट हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा सुना सुबेदी बडालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विपन्न परिवारहरूले न्यानो कपडा र ब्ल्याङ्केट पाएपछि खुशी व्यक्त गरे। उनीहरूले जाडोको कठोरतासँग जुध्न यस सहयोगले ठूलो राहत दिने बताएका छन्।