१२औं राष्ट्रिय पोल्ट्री दिवस :पोषणप्रति विद्यार्थीमा सचेतना अभिवृद्धि

१२औं राष्ट्रिय पोल्ट्री दिवस

काठमाडौं ।“कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार” भन्ने मूल नारासहित यही २०८१ पौष १७ गते मनाइने १२औं राष्ट्रिय पोल्ट्री दिवसको पूर्वसन्ध्यामा नेपाल कुखुरा व्यवसायी मञ्चले स्कुल शिक्षा कार्यक्रमअन्तर्गत २०८१ पौष १२ गते श्री आधारभूत विद्यालय (१-८), हनुमाननगर, भरतपुर–१४ मा पोषणसम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा पशु चिकित्सक डा. अनिश पाठकले कुखुराको मासु र अण्डामा पाइने पोषण तत्व तथा मानव स्वास्थ्यमा यसको भूमिकाबारे प्रशिक्षण दिनुभयो। साथै, विद्यालयका विद्यार्थीहरुलाई उसिनेको अण्डा वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चन्द्रकान्त ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष श्री रामकुमार चौहान प्रमुख अतिथि रहनुभएको थियो। सचिव डा. विष्णुहरी पोखरेल, कार्यकारी अधिकृत श्री शिवप्रसाद बराल, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष तथा मञ्चका कार्यसमिति सदस्य श्री जर्नादन अधिकारी, र पशु चिकित्सक डा. अनिश पाठक विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

विद्यालयका प्रधानाध्यापक श्री विकास थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सह-प्रधानाध्यापक श्री किरण गुरुङ्गले गर्नुभएको थियो। प्रमुख अतिथि श्री रामकुमार चौहानले पोल्ट्रीजन्य उत्पादनहरुको महत्त्वबारे प्रकाश पार्दै, विद्यार्थीलाई पोषणसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रम अत्यन्त प्रभावकारी भएको र यसले विद्यार्थीहरुमा पोषणप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *