भोटेकोशी बाढी: सिटीजन फार्मास्युटिकल्सले पनि प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि दिने
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण पशुपन्छी तथा जनधनमा ठूलो क्षति पुगेपछि सिटीजन फार्मास्युटिकल्स प्रा. लि. (बर्दघाट–१०, नवलपरासी) ले पनि बाढी प्रभावित क्षेत्रका पशुपन्छीको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले विज्ञप्ति जारी गर्दै बाढी–पहिरोले मानव जीवनका साथै पशुपन्छीमा समेत गम्भीर असर पारेकाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्राथमिक उपचारका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
यसअघि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा. लि. ले पनि बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क प्राथमिक उपचारका औषधि वितरण गर्ने घोषणा गरिसकेको छ।
त्यस्तै, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र एनिमल नेपालले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा र चितवनलगायतका स्थानमा उद्धार, राहत तथा औषधि उपचारका लागि सरकारी निकाय र स्थानीय तहसँग समन्वय गर्दै काम अघि बढाएका छन्।
