मिलेमताेमा अवैध भेटेरिनरी औषधी आयात गरेकाे भन्दै पशु चिकित्सक थापा र मुनाल भेटका सञ्चालक निराैलाविरूद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले पशु विभाग अन्तर्गतकाे केन्द्रीय पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक सहसचिव डा. बलराम थापा र मुनाल बायाेभेट फर्माका सञ्चालक रेवतीरमणा निराैलाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेकाे छ ।

प्रमुख थापाले पदको दुरुपयोग गर्दै मुनाल भेटसँग मिलेमताे गर्दै नेपालमा दर्ता नै नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नामक भारतीय कम्पनीबाट उत्पादित औषधी र औषधीजन्य पदार्थ आयातको लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको पुष्टि भएकाे आयाेगले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

अख्तियारकाे विज्ञप्ती

 

उजुरी निवेदनका आधारमा अनुसन्धान गर्दा केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक डा. बलराम थापाले आफू तथा औषधी व्यवसायीलाई गैरकानूनी लाभ लिनका लागि आफूले नपाएको ओहदा, अधिकार, हैसियत दावी गर्दै नेपालमा दर्ता इजाजत नभएको भारतको इन्डियन इम्युनोलोजिकल लिमिटेड नाम गरेको कम्पनीबाट उत्पादित पशुपंक्षीजन्य औषधीहरू आयातको लागि सिफारिस गर्दै भन्सार कार्यालय वीरगञ्‍जलाई लेखेको पत्र मुनाल बायोभेटका सन्चालक रेवतीरमण निरौलालाई उपलब्ध गराई पैठारी गर्न लगाई भ्रष्‍टाचार गरेको स-प्रमाण पुष्‍टि भएकोले आयाेगले जनाएकाे छ ।

डा. थापाको उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर अपराध भएकोले निजलाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय हुन मागदावी लिइएको आयाेगले जनाएकाे छ।

त्यसैगरी मुनाल बायोभेट फर्माका प्रोप्राइटर रेवतीरमण निरौलाले नेपालमा दर्ता नभएका औषधीहरू आयात गर्न गैरकानूनी रूपले अधिकार नै नभएको सरकारी निकाय केन्द्रीय पशु चिकित्सालय, त्रिपुरेश्‍वरका तत्कालीन प्रमुख बरिष्‍ठ पशु चिकित्सक डा. बलराम थापासँग मिलेमतो गरी वीरगञ्ज भन्सार कार्यालयलाई आयात अनुमतिको सिफारिस गर्न लगाएकाे, आयात गरी विक्री वितरणसमेत गरिसकेको पुष्टि भएकाे जनाएकाे छ ।

उक्त कार्य भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ को कसुरको मतियार हुने कसुर गरेको पुष्‍टि भएको भन्दै आयाेगले निरौलालाई भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम नै सजाय मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको  आयाेगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

विशेष अदालतमा मुद्दा दायर भएसँगै सहसचिव डा. बलराम थापा निलम्बनमा परेका छन् ।

 

के थियाे कसुर ?

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *