डा. स्वयम् प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिए: भेटेरिनरीयन भएर मरने इच्छा व्यक्त

नेपाल पशु चिकित्सा परिषदको आसन्न निर्वाचन

काठमाडौं । नेपाल पशु चिकित्सा परिषदको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. स्वयम् प्रकाश श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्वस्थ प्रतिस्पर्धाको अभाव देखाउँदै उनले उम्मेदवारी फिर्ता लिएको बताए।

“परिषदको नेतृत्व व्यावसायिक र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ,” उनले भने, “स्वस्थ प्रतिस्पर्धा नहुँदा उम्मेदवारी फिर्ता लिएको हुँ। परिषद सुधार र पेशागत सुरक्षाका लागि व्यावसायिक दृष्टिकोण अनिवार्य छ।”

डा. श्रेष्ठले आफ्नो पेशागत यात्रालाई गर्वका साथ स्मरण गर्दै भने, “म नेवारको छोरो भएर जन्मिएको हुँ र भेटेरिनरीयन भएर मरने इच्छा राख्छु। मेरो छोरा पनि भेटेरिनरी चिकित्सक हुनु मेरो लागि ठूलो गर्व हो।”

उनले आफ्नो करियरका विभिन्न चरणहरूमा नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानलाई उजागर गरे। ९२ सालमा बाँदरसम्बन्धी अनुसन्धान गरेका डा. श्रेष्ठ नेपाल भेटेरिनरी एशोसिएसनका १९९८ का सचिव थिए। उनले BVSA माद्रास, DAPNE मलेसिया, मास्टर मेडिसिन (हिसार, भारत), क्लिनिकल रेजिडेन्सी (अमेरिका), PGT (चीन, UK, श्रीलंका) लगायत देशहरूमा भेटेरिनरी प्रशिक्षण लिएका छन्।

उनले चुलालोंकोर्न विश्वविद्यालय, थाइल्याण्डमा बाँदरको बंध्याकरण  काम गरेका थिए, जसले उनलाई यो क्षेत्रमा योगदान दिने पहिलो नेपाली भेटेरिनरी चिकित्सक बनायो।

“मैले सक्दो सबै सहयोग गर्नेछु,” उनले भने, “व्यावसायिकता र स्वस्थ प्रतिस्पर्धा परिषदका लागि अत्यावश्यक छ। परिषदको सुधारमा मेरो प्रतिबद्धता सदैव रहनेछ।”

उनको उम्मेदवारी फिर्ता लिने निर्णयले परिषदको नेतृत्व छनोट प्रक्रियामा नयाँ बहसको सुरुवात गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *