नेल्टाकाे दाेस्राे राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडाैंमा शुरू

काठमाडाैं । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा)को दोस्रो राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठानको सभाहलमा बिहीबार सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालमा पशुपन्छी तथा माछापालनको विकासमा पशुप्राविधिकहरुको भूमिका महत्वपूर्ण भएको बताए । पशुप्राविधिकहरुको भूमिकाको सरकारले उच्च मूल्यांकन गर्न सकेमात्र देशको समृद्धिमा सहयोग पुग्ने धारणा उनले व्यवक्त गरे ।

कार्यक्रमा नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएको र अधिकांश नेपालीको पेशा कृषि तथा पशुपालन भएकोले यसको विकासमा पशु स्वास्थ्य प्रविािधकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पशुपन्छी तथा माछाजन्य उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सके त्यसले नेपाल समृद्धिमा सहयोग गर्ने बताए । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ससाना पशुपन्छी पालन जस्ता विषयलाई ध्यान दिन सके मात्र पनि देशको विकास हुन सक्ने तर सरकारले रेल र पानीजहाज जस्ता ठूलाठूला कुरा मात्रै गरिरहेको बताए । कांग्रेस नेता बद्री पाण्डे पशु प्राविधिकहरुको भूमिकालाई आत्मसात गर्दै नेल्टाको स्थापनामा आफूले समेत सहयोग गरेको बताए ।

नेल्टाका अध्यक्ष जनकबहादुर रावलले २०७१ सालमा २७ सदस्यबाट जन्म भएको नेल्टामा आज ५ हजार क्रियाशील सदस्य र २० हजार साधारण सदस्यसहितको ठूलो र सक्रिय संस्था बनाउन सफल भएको बताए । साथै पशु स्वास्थ्य प्राविधिकहरुको बढुवा, तालिम जस्ता विषयलाई नेल्टाले महत्वका साथ अघि बढाएको बताए । त्यस्तै, काउन्सिल गठनको विधेयक समेत संसदमा लगेको बताए । स्थापनाको छोटो समयमै नेल्टाको प्रगति उल्लेख्य रहेको उनले बताए ।

कार्यक्रममा देशका विभिन्न जिल्लामा रहेर पशुपन्छी तथा माछा पालन व्यवसायलाई उदाहरणीय र सफल रुपमा अघि बढाइरहेका कृषक व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, सूचना तथा समाचारलगायत समग्री सम्प्रेषणका माध्यमबाट नेपालमो पशुपन्छी तथा माछा पालन क्षेत्रको विकासमा पु¥याइरहेको योगदानको कलर गर्दै भेट टाइम्स मासिक पत्रिकाका लागि समेत सम्मानका गरिएको थियो ।

नेल्टाको बन्दसत्र भने शनिबारसम्म चल्ने छ । उक्त बन्द सत्रले नेल्टाले हालसम्म प्राप्त गरेका उपलब्धी, पशु स्वास्थ्य प्राविधिकहरुको समस्या र चुनौती, नयाँ कार्यदिशाबारे समेत छलफल गरेर टुंगो लगाउने छ । कार्यक्रममा नयाँ कार्यसमिति चलयका लागि सर्बसम्मतको प्रयास हुनेछ । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन हुन नसक्ने अवस्थामा निर्वाचन गरेर भए पनि नयाँ कार्यक्रम चयन गर्ने छ । हालसम्म चलिरहेको संघको विधानअनुसार कार्यसमितिको कार्यकाल ४ वर्षको रहने छ ।

कार्यक्रममा नेल्टाका महासचिव सुरेश श्रेष्ठले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *