औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः ढकाल
काठमाडौं । सरकारले औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः नारायण प्रसाद ढकाललाई दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफूमातहतका ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारीमा फर्काएका हुन् ।
स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ । ढकालले भेट खबरसँग कुराकानी गर्दै आफ्नो सरुवा औषधि व्यवस्था विभागमा भएको पुष्टि गरे ।
औषधि व्यवस्था विभागमा राम्रो काम गरेको ढकालको ट्रयाक रेकर्ड छ । तथापि, त्यहाँबाट सरुवा गरेर लामो समय उनलाई मन्त्रालयमा जिम्मेवारीविहीन बनाएर राखिएको थियो ।
ढकाललाई औषधि व्यवस्था विभागको जिम्मेवारी दिँदा त्यहाँ कार्यरत भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।