पशुपन्छी औषधि व्यवसायी संघ चितवन शाखाको अध्यक्षमा भूपेन्द्र कर्माचार्य
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवन जिल्ला शाखाको अध्यक्षमा भूपेन्द्र कर्माचार्य निर्वाचित भएका छन् । सोमबार चितवनमा सम्पन्न शाखाको १८ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशनले कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा प्रेम कुँवर, सचिवमा विशाल पौडले, कोषाध्यक्षमा वरदान कँडेल, सहसचिवमा सञ्जय अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा केदार चौलागाईं, प्रकाशमणि सापकोटा, रामबाबु महासेठ र गीता कुमाल निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यवसयी संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमले नयाँ कार्यसमितिले सफलता पूर्वक व्यवसायिक हकहितमा काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफूहरु व्यवसायीक हकहितका विषयमा काम गरिरहेको बताए ।
कतिपय व्यवसायीको पसल दर्ता हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । ‘उहाँहरु पनि हाम्रै साथीहरु हो,’ अध्यक्ष गौतमले भने, ‘उहाँहरुले पनि १५–२० वर्षदेखि पसल गर्दै आउनु भएको छ । कानुनी विधिबाट पसल दर्ता हुन सकेको छैन । कानुनले तोकेकै मापदण्ड नपुगेपछि पशुपन्छी औषधि व्यवसायी संघले पनि उहाँहरुको पसल दर्ता गराउन सकेको छैन । सरकारलाई उहाँहरुको पसल खारेजीमा लगिदिनु भन्ने बाहेक हाम्रो अर्को कुनै विकल्प छैन ।’
कार्यक्रमा व्यवसायीहरुले चितवन जिल्ला पशुपन्छी तथा पशुपन्छी औषधि व्यवसायका लागि राष्ट्रिय राजधानीकै रुपमा रहेको बताए । सुषुप्त रुपमा रहेको पशुपन्छी औषधि व्यवसायी संघलाई गति दिने काम पनि चितवन जिल्लाबाट नै भएको उनीहरुले बताए । साथै पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय अधिवेशन चितवनमै भएको समेत उनीहरुले स्मरण गरे । व्यवसायी संगठनले राज्यबाट बनाइएका नीतिनियमबाट लाभ व्यवसायीलाई लाभ दिलाउनु पर्ने अभिभारा पूरा गर्दै अगाडि बढ्नु पर्नेमा व्यवसायीले जोड दिए ।
व्यवसायिक गुणस्तर, दक्षता र सीप विकास गर्न संघ चाहिएकोले संघलाई अझ व्यपस्थित र संगठित बनाउनु पर्ने बताए । साथै विदेशी औषधि ल्याएर नेपालको बजार ठूलो बनाउने भन्दा पनि आफैंले औषधि उत्पादन गर्ने गरी व्यवसायीहरुको समूहबाट मिलेर अघि बढ्नुपर्ने बताए ।
तस्बिरमा चितवनमा शाखाको १८ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशन–