नियन्त्रणमा लिइएका १२१ गोरु चेकजाँचपछि छोडियो
बुटवल । प्रहरीले नियन्त्रणमा लिएका १ सय २१ गोरु पुश क्वारेन्टाइन कार्यलय भैरहवाले आवश्यक चेक जाँचपछि छोडेको छ ।
पाँच वटा ट्रकमा राखेर सर्लाही र झापा लैजाने क्रममा रहेका गोरुलाई प्रहरीले शनिबार बुटवलबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपछि आवश्यक चेक जाँचका लागि प्रहरीले पशु क्वारेन्टाइन कार्यालय र्भैरहवा अन्तरर्गतका बेलहिया कार्यालयलाई जिम्मा लगाएको थियो ।
बेलहिया कार्यायका डा. सिवलाल भुसालका अनुसार, स्थानीय तहको सिफारिस,भेटेरिनरी प्रमाणपत्र लगायत सबै प्रमाणपत्र ठिक रहेकोले छोडिएको हो ।
‘सबै प्रमाणपत्र ठिक भएपनि बिलमा केही प्राविधिक त्रुटि भएकाले आवश्यक जाँचका लागि प्रहरीले यस कार्यालयमा पठाएको थियो,’ उनले भने, ‘नियन्त्रणमा लिइएका गोरुहरु कृषि प्रयोजनको लागि सर्लाही र झापा लाग्न लागेको अनुसन्धानमा खुलेको छ ।’
ना ५ ख ५६५५,ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नम्बरको ट्रकमा राखेर १ सय २१ वटा गोरु लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा थियो ।