बाढीपीडितका लागि एग्रोमिक्स फिडद्वारा ३ लाख ५५ हजार सहयोग

काठमाडौँ । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एग्रोमिक्स फिड इन्डस्ट्रिज प्रा.लि.ले रु. ३ लाख ५५ हजार ५ सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक डा. आनन्द सिंहका अनुसार विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा रु. ३,५५,५५५ को चेक उपलब्ध गराएको हो। विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्‍याउन आफ्नो तर्फबाट सहयोग गरिएको डा. सिंहले बताए।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा एग्रोमिक्स फिडको यो सहयोग पनि राहत अभियानमा थप योगदानका रूपमा रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *