बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना बन्द

काठमाडौँ ।ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुहरूमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष–सदर चिडियाखानाले आज एक सूचना जारी गर्दै आम सर्वसाधारण र दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गरेर चिडियाखाना बन्द गर्ने निर्णय गरेको हो।

जारी सूचना अनुसार, २०८३ साल आषाढ ५ गतेदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना पूर्ण रूपमा बन्द रहनेछ। चिडियाखाना प्रशासनले यस निर्णयबाट दर्शकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी प्रकट गरेको छ।

Screenshot

संक्रमण नियन्त्रण र जीवजन्तुहरूको उपचारका लागि आवश्यक कदमहरू चालिरहेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *