डा. हेमराज अवस्थीलाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको थप जिम्मेवारी

काठमाडौँ । सरकारले राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. हेमराज अवस्थीलाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको समेत कामकाज गर्ने गरी थप जिम्मेवारी तोकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा. अवस्थीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्रअनुसार, मन्त्रीस्तरको मिति २०८३ जेठ ७ गतेको निर्णयबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि डा. अवस्थीलाई परिषद्को अध्यक्षको कार्यभार समेत सम्हाल्ने गरी तोकिएको हो।

हाल ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुखका रूपमा कार्यरत डा. अवस्थीले अब आफ्नो नियमित कार्यका अतिरिक्त परिषद्को नेतृत्वसमेत सम्हाल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *