जन्मोत्सवबाट सुरु राहत कोषमा ५ लाख संकलन

काठमाडौं, वैशाख ६ — नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (VECDAN) का महासचिव सदुराम ढकाल (आशिष) ले आफ्नै जन्मदिनको अवसरमा कोषसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्।

उनका अनुसार २०८१ वैशाख ६ गते जन्मदिनकै अवसर पारेर सामाजिक कार्य गर्ने उद्देश्यसहित रु. ४,४५५ बाट “शुभ जन्मोत्सव विशेष आकस्मिक राहत कोष २०८१” स्थापना गरिएको थियो। मानवले मानवकै लागि सहयोग गर्नुपर्छ भन्ने भावनासहित कोष सुरु गरिएको उनले बताए।

देशभर रहेका संघका सदस्य तथा उनीहरूको परिवारबाट दैवी प्रकोप, जटिल रोग र गरिबीको रेखामुनि रहेका नागरिकलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको कोषमा हालसम्म २३६ जना सहयोगदाताबाट रु. ४,९९,५६३ संकलन भएको ढकालले जानकारी दिए।

उनका अनुसार सदस्यहरूले जन्मोत्सव, वैवाहिक वर्षगाँठ तथा अन्य शुभ अवसर पारेर स्वस्फूर्त रूपमा योगदान गर्दै आएका छन्।

कोषमार्फत बाँके शाखाका सदस्य तथा नन्दनी समीक्षा एग्रोभेटका सञ्चालक शशिचन्द्र सापकोटालाई मुखको क्यान्सर उपचारका लागि रु. ७५ हजार सहयोग प्रदान गरिएको पनि उनले बताए।

कोषलाई थप विस्तार गर्न संघका सम्पूर्ण सदस्यहरूलाई निरन्तर सहयोग गर्न उनले आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *