औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।

औषधि को मूल्यसम्बन्धी विषयमा विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानबिनमा परेपछि राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक रहेका भट्टराईलाई पनि मन्त्रालय तानिएको थियो।

भट्टराईले यसअघि पनि औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *