पशुपन्छी औषधी व्यवसायी संघले सुरु गर्यो भिडियो कन्फ्रेन्स, सामाजिक दूरी कायम गर्दै समस्याबारे छलफल

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सामाजिक दूरी कायम गर्दै भेटघाट र बैठकहरुलाई निरन्तरता दिन भिडियो कन्फ्रेन्स सुरु गरेको छ ।

सरकारले कोभिड–१९ नियन्त्रणका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै भिडियो कन्फ्रेन्समार्फत बैठक तथा छलफल सुरु गरेको हो । लकडाउनले पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा पारेको प्रभाव, पशुपन्छी औषधिको उत्पादन, आयात, आपूर्ति, वितरण, व्यवसायका समस्या जस्ता समसामयिक विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल सुरु गरेको संघका अध्यक्ष भूपेन्द्र गौतमले बताए ।

बिहीबारबाट सुरु भएको पहिलो भिडियो कन्फ्रेन्समा अध्यक्ष गौतमले संघका निवर्तमान र पूर्व अध्यक्षहरुसँग छलफल गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *