पशुपन्क्षी औषधी ब्याबसायी संघ गण्डकी प्रदेश अध्यक्षमा विदुर पौडेल निर्वाचित

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ गण्डकी प्रदेश नम्बर ४ को अध्यक्षमा विदुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा थोकबाट गोपिनाथ बराल र खुद्राबाट उपाध्यक्षमा बसन्ता श्रेष्ठ चयन भएका छन् । यस्तै, सचिवमा ध्रुब पौडेल, सह–सचिवमा भीमबहादुर सुनार र कोषाध्यक्षमा अर्जुन थापा चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अर्जुन मरासिनी, दामोदर क्षेत्री, लिला अधिकारी, राजेन्द्र कट्टेल र महिला सदस्यमा दिलमाया श्रेष्ठ चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *