आफ्नै निजी भवन बनाउँदै एनभिए, अध्यक्ष श्रेष्ठले गरे शिलान्यास
काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले आफ्नै निजी भवनको निर्माण सुरु गरेको छ । काठमाडौंको बाफल चोक नजिक निजी जग्गामा एनभिएले भवन निर्माण थालेको हो ।
एनभिएका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले एसोसिएसनका उपलब्ध सदस्यहरूको उपस्थितिबीच भवन निर्माणको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रमपछि बोल्दै अध्यक्ष श्रेष्ठले भवन निर्माणका लागि राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वान गरिएको जानकारी दिए । श्रेष्ठका अनुसार, आगामी १८ महिनामा भवन निर्माण सम्पन्न हुनेछ ।
कार्यक्रममा अग्रज भेटेरिनरियन डा.प्रह्लाद सापकोटा, डा.के.बी.श्रेष्ठ, डा.बिकेबी शाहलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।
एनभिएका अनुसार, करिब ११ आना क्षेत्रफलमा निर्माण हुने भवनलाई कार्यालयसँगै आवासका रूपमा समेत प्रयोग गरिनेछ ।
भवन निर्माणका लागि एनभिएले डा.श्रीराम अधिकारीको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको छ ।
प्रतिक्रिया