बागमती प्रदेशले पोल्ट्री दिवस एक साता मनाउने, पहिलो दिन अन्तरक्रिया

काठमाडौं । बागमती प्रदेशले विविध कार्यक्रम गरेर साताव्यापी रूपमा पोल्ट्री दिवस मनाउने भएको छ । पोल्ट्री क्षेत्रको विकासका लागि मन्त्रालयले साताव्यापी रूपमा दिवस मनाउन लागेको हो ।

पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य पोषण सुधार हाम्रो प्रतिबद्धता भन्ने मूल नारा दिएर दिवस मनाउन लागेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

साताव्यापी अभियानको पहिलो दिन सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक वर्ष ०७९–८० को स्वीकृत वार्षिक कर्याक्रमभअनुसार पोल्ट्री संघ संस्थाहरूसँग पोल्ट्रीजन्य उत्पादन बजारीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कृषि सचिव डा. शरणकुमार पाण्डेले भेट खबर डटकमलाई जानकारी दिए ।
पशु विज्ञ केन्द्र हेटौंडाका निमित्त निर्देशक डा. वज्रकिशोर ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि मन्त्री वसुन्धरा हुमागाईं, कृषि सचिव डा. पाण्डेसँगै पोल्ट्री व्यवसायसँग सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

पोल्ट्री क्षेत्रको विकास लागि ०७० सालमा मन्त्रिपरिषद्ले पुस २७ लाई पोल्ट्री दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक पुस २७ लाई पोल्ट्री दिवसका रूपमा सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष पनि सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *