कृषिमा आत्मनिर्भर भएमात्र देश समृद्धः मन्त्री भुसाल

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफैं नगरी नहुने, कृषिको समस्या नसुल्झिए मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले सोमबार आयोजना गरेको अन्तरक्रियामा मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरी कसरी रोजगारी सृजना गर्न सकिने बताए । उनले त्यसबारे निजी क्षेत्रको राय माग गर्दै सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा लाग्ने प्रतिवद्धतासमेत जनाए ।

निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकीकृत रुपमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र मिली सम्बोधन गरिने बताए ।

आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभइ मुलुक विकसित नहुने र परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन नगरी कृषिलाई बढी रोजगारमूखी बनाउनुपर्ने उनले बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि कर्जाको सहज, सरल र सस्तोमा उपलब्धता हुनुपर्ने उल्लेख गरे । उनले कृषि विज, विउहरु खरीद गर्न सस्तो सुलभ र सहुलियतपूर्ण व्यवस्था गर्न सरकारले अनुदान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *