राष्ट्रियसभाबाट पारित भएन पशुपन्छी विधेयक, छलफलका लागि समितिमा पठाइयो
काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ संशोधन हुने भएको छ ।
प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभामा पेस भएपछि सांसदबीच छलफल गराइएको थियो । जसमा अधिकांश सांसदले संशोधन गर्नुपर्ने मत राखे ।
पशुपन्छी चिकित्सकको अधिकार खुम्च्याएर प्राविधिकलाई अधिकार दिनु गलत भएको अधिकांशको भनाइ थियो । सांसदले संशोधन हुनुपर्ने माग राखेपछि त्यसलाई समितिसमक्ष पठाइएको हो । यसअघि नागरिकतासम्बन्धी विधेयक पनि यसैगरी समितिमा पठाइएको थियो ।
अब विधेयकका प्रावधानमाथि समितिले छलफल सकाएर पेस गरेपछि मात्र यसबारे निर्णय हुनेछ ।
प्रतिक्रिया