एनभिएले मनायो ५७औं वार्षिकोत्सव
काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो ५७औं वार्षिकोत्सव मनाएको छ ।मंगलबार एशोसिएसनद्वारा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले शुभकामना व्यक्त गर्नुका साथै अनुभव साटासाट गरेका छन् ।
कार्यक्रममा बोल्दै वक्ताहरूले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै भावी योजना साकार पार्ने संकल्प गरे । एनभिएलाई यहाँसम्म ल्याउन योगदान दिने पूर्व पदाधिकारीहरूको पनि उनीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
एनभिएका अध्यक्ष डा. रामकृष्ण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष डा. नरेन्द्रबहादुर सिंह लागायत हालसम्मका पूर्वअध्यक्षहरु तथा नेपाल सरकारका पुर्वसचिव हरुको समेत उपास्थिती थियो । कार्यक्रम महासचिव डा. केदार सुवेदीले सञ्चालन गरेका थिए भने केन्द्रीय सदस्य डा. सुमित शर्माले स्वागत मन्तव्य राखेका थिए ।
५७औं वार्षिकोत्सवको अवसरमा दीपावली गर्नुका साथै एनभिए लाइफटाइम अवार्ड र सार्क भेटेरिनरी अवार्ड पनि प्रदान गरियो ।
यसैबीच, एनभिएका ७ वटै प्रादेशिक कार्यसमितिले पनि रक्तदान र दीप प्रज्ज्वलन कार्यक्रम गरी वार्षिकोत्सव मनाएका छन् ।
प्रतिक्रिया