आज पोल्ट्री दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज देशभर ११औं राष्ट्रिय पोल्ट्री दिवस मनाइँदैछ । दिवसका अवसरमा पोल्ट्रीसँग सम्बन्धित संघ–संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेपालमा वि.सं. २०१७ पुस १७ गतेबाट पोल्ट्री व्यवसाय सुरु भएको ठानिन्छ । सोही दिनको सम्झनामा विगत ११ वर्षदेखि पोल्ट्री दिवस मनाउने गरिएको छ ।

नेपाल कुखुरा व्यवसायी मञ्चले अहिले बिहान चितवनस्थित कार्यालय परिसरबाट बाजागाजासहित प्रभातफेरी आयोजना गरेको छ । दिवसकै अवसरमा भरतपुर महानगरपालिका–२ सँगको सहकार्यमा मञ्चले नमस्ते चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोही स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलसमेत आयोजना गरिएको मञ्चले जनाएको छ ।

दिवसका अवसरमा पोल्ट्रीसँग सम्बन्धित संघ–संस्थाहरूले पनि कार्यक्रम आयोजना गर्दैछन् ।

पोल्ट्री एउटा सशक्त उद्योगका रूपमा विकास हुँदै गएको छ । यही कारण देश पोल्टीजन्य वस्तुमा आत्मनिर्भर बनेको छ । तर पछिल्लो समय देशमा भित्रिएको आर्थिक मन्दीले पोल्ट्री क्षेत्र धर्मराउन थालेको छ । पोल्ट्री क्षेत्रमा आबद्ध व्यवसायी तथा किसान आफ्नो क्षेत्रले अस्तित्व रक्षाको लडाइँ लडिरहेकाले यसलाई बचाउन राज्यले ठोस योजना ल्याउनुपर्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *