पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले पायो अध्यक्ष, उपाध्यक्षसहित १९ पदाधिकारी (नामावलीसहित)

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले अध्यक्ष र उपाध्यक्षसहित १९ पदाधिकारी पाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परिषदमा पदाधिकारी नियुक्त गरेको हो ।

लामो गलफतीपछि एक वर्षअघि पशुपन्छी क्षेत्रका प्राविधिकहरूको नियमन गर्ने परिषद्को परिकल्पनासहित पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ संघीय संसदबाट पारित गरेको थियो । त्यसको एक वर्षपछि सरकारले सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम परिषदमा अध्यक्ष, उपाध्यक्ष, सदस्य र रजिस्ट्रार नियुक्त गरेको हो ।

अध्यक्षमा देवेन्द्रप्रसाद यादव नियुक्त भएका छन् । सिरहाको साविक सोठीआइन गाविस–७ का स्थायीबासिन्दा यादवलाई खुला क्षेत्रबाट नियुक्त गरिएको हो । यादव विज्ञान संकायमा स्नातकोत्तर छन् ।

उपाध्यक्षमा जनकबहादुर रावल नियुक्त भएका छन् । पशुपन्छी प्राविधिकका रूपमा २४ वर्ष लामो अनुभव सँगालेका रावल साविक बाह्रबीस गाउँ विकास समिति–७, बाजुराका स्थायी बासिन्ता हुन् । प्रखर वक्तासमेत रहेका रावल पशुपन्छी प्राविधिकहरूको संस्था नेल्टाका अध्यक्ष समेत हुन् ।

मन्त्रिपरिषद्ले परिषद्का रिक्त १६ सदस्यसमेत नियुक्त गरेको छ । नवनियुक्त सदस्यहरूमा सुजया उप्रेती, खितबहादुर श्रेष्ठ, प्रमोदकुमार रिजाल, शंकर सिंह, काजीबहादुर श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, लोकराज भुसाल, धर्मराज जैसी, गीतादेवी रिजाल (धमला) र सियाराम प्रसाद सिंह छन् ।

त्यस्तै, उषा कार्की, रामप्रसाद मेहता, गैरीदेवी थापा, कमल विश्वकर्मा, डाकुरनाथ पराजुली र डा. स्वयंप्रकाश श्रेष्ठले पनि सदस्यको जिम्मेवारी पाएका छन् । परिषद्को सदस्यमा नियुक्त मेहता नेभ्लाका अध्यक्षसमेत हुन् ।

उता, पूर्णबहादुर बुढा रजिस्ट्रारमा नियुक्त भएका छन् । जेटिए रहेका  दैलेखका बुढासँग यो क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *