मन्त्रालय तानिए सरकारी गाडी दुर्घटना गराउने महानिर्देशक तिवारी

काठमाडौं । सरकारी गाडी दुर्घटना गराउने पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारी मन्त्रालय तानिएका छन् ।

तिवारीले यही साउन ४ गते हरिहर भवनस्थित पशु सेवा विभागको कार्यालय परिसरमा सवारी सिक्ने (हातसाफ) क्रममा बागमती पैदेशको बि.ए.बी १४५९ नम्बरको टोयोटा हाइलक्स गाडी दुर्घटना गराएका थिए । यससम्बन्धी समाचार पहिलोपटक भेट खबरले प्रकाशित गरेपछि महानिर्देशकको चौतर्फी आलोचना भएको थियो । लगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उनलाई मन्त्रालय तानेको हो ।

मन्त्रालय स्रोतले मंगलबार तिवारीलाई मन्त्रालय तानेको जनाएको छ ।तिवारी मन्त्रालय तानिए पनि विभागको महानिर्देशकको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *