नेल्टाद्वारा मेलम्चीका बाढीपीडितलाई ८७ हजार नगद र औषधि सहयोग

काठमाडौं । गत असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट पीडित भएकालाई नेल्टाले नगद र औषधि सहयोग गरेको छ ।

बाढीपीडितका लागि संकलित ८७ हजार रूपैयाँ नगद र १ लाख बराबरको औषधि नेल्टाले शनिबार सहयोग गरेको हो ।

मेलम्चीले विपत्तिको सामना गरेपछि नेल्टाले आर्थिक सहयोग आह्वान गरेको थियो । नेल्टाको आह्वानपछि जम्मा भएको रकम औषधि व्यवसायी रविन भण्डारीलाई रु. २५ हजार, टोपबहादुर बरुवाल स्वामित्वको बरुवाल एग्रोभेटलाई रु. २५ हजार, किसान कृष्णप्रसाद दुलाललाई रु. २० हजार, पशु स्वास्थ्य प्राविधिक चेतप्रसाद घोडासैनीलाई रु. ५००० सहित दोसल्ला ओडाएर सम्मान गरेको हो । घोडासैनी ले बाढीले बगाएको भैसीलाई उद्धार गरी निशूल्क उपचार गरेका थिए ।

यसै गरी बाढीले बगाएर २२ किलोमिटर टाढा पुर्याएको गर्भिणी भैसीको उद्धारमा संलग्न स्थानीय रोशन कार्की,भीमसेन माझी र धनबहादुर तामाङलाई रु.४००० हजारका दरले सम्मान गरेको नेल्टाका अध्यक्ष जनकबहादुर रावलले बताए । शनिबार नेल्टाका अध्यक्ष जनक बहादुर रावल लगायतको टोलीले बाढी प्रभावित स्थान मेलम्चीमै गई सहयोग हस्तान्तरण गरेको नेल्टाले जनाएको छ ।

त्यसैगरी रु. १ लाख बराबरको औषधि पनि शनिबार नै बाढीपीडितलाई हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *