पशु चिकित्सकलाई खोप देऊ, हामी महामारीमा सघाउन तयार छौं : एनभीए

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएन (एनभीए) ले पशु चिकित्सकलाई छिटोभन्दा छिटो कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

 

एनभीएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई मंगलबार एक पत्र लेखेर खोप उपलब्ध गराउन माग गरेका हुन् ।

निषेधाज्ञाको अवधिमा समेत अग्रपंक्तिमा रहेर सेवा गरिरहेका पशु चिकित्सकलाई प्राथमिकतामा राख्नुपर्ने श्रेष्ठको भनाइ छ ।

‘अग्रपंक्तिमा रहेर पशुपन्छीको उपचारमा खटिनुपर्ने, कतिपय अवस्थामा कृषकको घरदैलोमा पुगेर खोप, उपचार तथा कृत्रिम गर्भाधान सेवा पुर्याउनुपर्ने अवस्थामा रहेका पशु चिकित्सकहरूलाई उच्च प्राथमिकतामा राखी छिटोभन्दा छिटो कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्न नेपाल भेटेरिनरी एसोसिएसन हार्दिक अनुरोध गर्दछ,’ स्वास्थ्य सचिवलाई एनभीएद्वारा प्रेषित पत्रमा भनिएको छ ।

त्यसैगरी, एनभीएले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रस्ताव पनि स्वास्थ्य मन्त्रालयसँग राखेको छ ।

निरन्तर रु जुनोटिक रोग नियन्त्रण, प्रतिजैविकी प्रतिरोध न्यूनीकरण, जनस्वास्थ्यको प्रवद्र्धन र एक स्वास्थ्य अवधारणाको व्यवहारिक कार्यान्वयन आदिमा नेपाल सरकारसंग सदैव सहकार्य गरेको स्मरण गराउँदै एनभीएले यस्तो प्रस्ताव गरेको हो ।

‘करिब १४०० सदस्यसहित देशभरि सञ्जाल रहेको भेटेरिनरिएनको एक मात्र छाता संस्था नेपाल भेटेरिनरी एसोसिएसन यस महामारीमा आफ्ना विज्ञ सदस्यहरूमार्फत् त्यस मन्त्रालयलाई सहयोग गर्न तत्पर छ,’ प्रस्तावमा भनिएको छ, ‘कोभिड रोगको इपिडिमियोलोजिकल अध्ययन, कन्ट्रयाक्ट टे«सिङ, जनचेतना, कोभिडविरुद्ध खोप अभियान आदिमा मेडिकल अधिकृतहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *