तिलिचो ट्रेडिङद्वारा बाढी प्रभावित पशुपन्छीका लागि २०० भाइल औषधि सहयोग

काठमाडौं । भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा घाइते पशुपन्छीको उपचारका लागि तिलिचो ट्रेडिङ प्रालिले २०० भाइल इन्जेक्सन सहयोग गर्ने भएको छ।

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरका अनुसार स्पेनको इन्डस्ट्रियल भेटेरिनारिया एस.ए. (लिभिस्टो) द्वारा उत्पादित अक्सिटेट्रासाइक्लिन २०० एलए (इन्जेक्सन अक्सिटेट्रासाइक्लिन २० प्रतिशत एलए) को २०० भाइल सहयोगस्वरूप उपलब्ध गराइनेछ। उक्त औषधि नेपाल पशुपन्छी औषधि व्यवसायी संघमार्फत नेपाल सरकार, पशु सेवा विभागलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

यसैगरी, भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि तिलिचो ट्रेडिङ प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *