एनभिएको प्रतियोगितामा कवि बस्ताकोटीको “विश्राम” कविता प्रथम

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसन (एन.भि.ए) द्वारा आयोजना गरिएको कविता प्रतियोगितामा कवि डा. रविन बस्ताकोटीको कविता “विश्राम” प्रथम भएको छ । दोस्रोमा कवि डा. भोजराज जोशी “आफ्नै देश–परदेश” तृतीयमा कवि डा. भीम बहादुर थापा “मनचक्कर” परेका छन् ।

एनभिएका अध्यक्ष डा. शीतल काजी श्रेष्ठको अध्यक्षतामा र पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कविता प्रतियोगिताको निर्णायक मण्डलमा डा. अमर शाह, डा. भुवनेश्वर शर्मा र डा. प्रदिप चन्द्र भट्टराई रहनुभएको थियो ।

प्रतियोगितामा कुल ३८ जनाले आफ्नो रचना प्रतिस्पर्धाको लागि बुझाएकोमा १८ वटा रचना अनलाइन वाचनका लागि छनौटमा परेका थिए । नेपाली भाषा अनिवार्य गरिएको यस प्रतियोगितामा कविताको शीर्षकमा भनी खुला राखिएको थियो ।
३८ वटा कविता मध्य वचनका लागि छानिएका १८ वटा कविता अनलाइन वाचन गरिएको थियो । करिव २ घण्टा चलेको उक्त कार्यक्रममा सहभागी कवि कवियत्रीले विभित्र समय सान्दर्भिक विषय र आफ्ना जीवनका भोगाइहरूलाई कवितामा उतारेका थिए ।

विजेताले प्राप्त गर्ने पुरस्कार र प्रमाणपत्र एन.भि.एको आगामी कार्यक्रममा वितरण हुने सोही कार्यक्रममा जानकारी गरिएको छ । निर्णायक मण्डलले कविताहरूको भाव, शैली, विषय, भाषा र वाचनमा अङ्क विभाजन गरिे मूल्याकंन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *