कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। शुक्रबार विभिन्न विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शाहले कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेललाई नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्रा. भोला थापा, पूर्वाञ्चल विश्वविद्यालयमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा प्रा. कृष्णदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनक विश्वविद्यालयमा प्रा. श्यामनारायण लाभ तथा कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *