नेपाल पशुपन्छी औषधि व्यवसायी संघद्वारा प्रकोप पीडितलाई सहयोग गर्न अपील

काठमाडौँ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघले हालैको भारी वर्षा र बाढीले विभिन्न स्थानमा पुर्‍याएको जनधनको क्षति र जनजीवनमा पारेको असरप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको अपील गरेको छ।

संघका अध्यक्ष रितेश रिमाल र महासचिव सादुराम ढकाल (आशिष) द्वारा प्रदेशस्तरीय शाखाका अध्यक्षहरूलाई जारी परिपत्रमा प्रभावित जनसमुदाय र पशुपन्छीहरूको उद्धार तथा राहतका लागि सहयोग गर्न सबैलाई आग्रह गरिएको छ।

संघले आफ्नो मातहतका प्रदेशस्तरीय शाखाहरूलाई उद्योग वाणिज्य संघ, नेपाल भेटेरिनरी एशोसिएसन (NVA), नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन (NEVLA), नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (NELTA) लगायतका संस्थाहरूसँग समन्वय गरी पीडितहरूलाई सहयोग गर्न अनुरोध गरेको छ।

संघले सबै औषधि व्यवसायीहरूलाई यो विपदको समयमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग प्रदान गर्न आह्वान गरेको छ। साथै, सम्बन्धित शाखाहरूलाई क्षतिको विवरण जिल्ला शाखामार्फत केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

यो परिपत्र संघका अध्यक्ष रिमाल र महासचिव ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेर जारी गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *